
काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानहरू मखमली फूल टिप्न व्यस्त भएका छन्।
गुन्डुकी स्थानीय किसान लक्ष्मी नगरकोटीका अनुसार, वैशाख-जेठमा रोपिएका मखमली फूलको पहिलो चरणको बाली दसैँअघि साउन-भदौमै टिपिने र विदेश निर्यात गरिने गरेको छ। हाल भने उनीहरू तिहारका लागि फूल टिप्नमा व्यस्त छन्।
नगरकोटीले फूलको बजार मूल्य पनि राम्रो रहेको जानकारी दिइन्। प्रतिगोटा मखमली मालाको मूल्य २२ देखि २३ रुपैयाँसम्म पर्छ र व्यापारीहरू माला किन्न किसानको घरमै आउने गर्छन्।
अहिले गुन्डुका किसानहरू बिहानभरि खेतमा फूल टिप्छन् भने दिउँसोको समयमा त्यसलाई माला उनेर बिक्रीका लागि तयार पार्ने गर्छन्। तिहारका लागि आवश्यक पर्ने मखमली फूलको उत्पादनमा यहाँका किसानहरूले ठूलो योगदान पुर्याएका छन्।
तस्बिरहरूः