
काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताउँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई नउत्ताउलिन चेतावनी दिएका छन्।
उनले सरकार चालाउने विषय ख्यालठट्टा नभएको उल्लेख गर्दै भने- ‘अहिलेका गृहमन्त्रीलाई म चिन्दिन। तर, म गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन र नचम्कन चेतावनी दिन चाहन्छु। सरकार चलाउने विषय ख्यालठट्टा होइन।’
उनले आफ्नो पासपोर्ट रोक्का, उपत्यका छोड्न प्रतिबन्धलगायत विषयमा आपत्ति पनि जनाए।
उनले सरकारले सडकमा तमासा गरिरहेको उल्लेख गर्दै भने- ‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ?’
उनले देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी पनि दिए ।
‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं,’ उनले भने।