गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस्ः ओली

गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस्ः ओली
+
-

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन घटनाको छानबिन गर्न बनेको आयोग नमान्ने बताएका छन्।

गुण्डुमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले घटनाको छानबिन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताएका हुन्।

उनले आयोगमा बस्नुभन्दा अगाडिका अभिव्यक्तिहरुमाथि प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ थियो।

सम्पत्ति छानबिनको कुरा उठिरहेको भन्दै अहिलेका सरकारका मन्त्रीहरुको सम्पत्ति छानबिन गर्न मान्ने हो? भन्दै प्रश्न गरे। नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको उनले बताए।

उनले भने, ‘एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन। किन पनि मञ्जुर छैन भने गम्भीर प्रश्नहरु उहाँहरुका अभिव्यक्तिहरु, आयोगमा राखिनुभन्दा अगाडि, आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि सप्रमाण देखिसकेपछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो? उहाँहरुले हामी निष्पक्ष छौँ भन्न सक्नुभएको छैन। लुसुलुसु अघि बढ्नुभएको छ, बढ्नुस्। तपाईंहरुको प्रतिवेदन लेख्नुस्। बुझाउनुस्, फैसला गर्नुस्। एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन। मान्दैनौँ हामी, गर्नुस्, केके गर्नुहुन्छ?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?