
- ‘रेलवे म्यान्स् सन’ पुस्तक भारतीय उद्यमी डा. अल्फ्रेड मिरान्डाको सफलताको कथामा आधारित छ र ललितपुरमा लोकार्पण भयो।
- पत्रकार संगमेस मिनासिनकाईले लेखेको यो पुस्तक उद्यमीहरुलाई प्रेरणा दिने विश्वास कार्यक्रमका सहभागीहरुले व्यक्त गरे।
- पुस्तक विमोचनमा विद्यार्थी, शिक्षक, पत्रकार र बुद्धिजीवीहरुका साथै स्वयं डा. मिरान्डा पनि उपस्थित थिए।
काठमाडौँ- एक संघर्षशील उद्यमीको कथामा आधारित जीवनी ‘रेलवे म्यान्स् सन’ नेपालमा लोर्कापण भएको छ ।
भारतमाको कर्नाटकस्थित टाइम्स अफ इन्डियाका पत्रकार संगमेस मिनासिनकाईद्वारा लिखित भारतीय मूलका व्यवसायी डा, अल्फ्रेड मिरान्डाको व्यवसायिक सफलताको यात्रामा आधारित किताब बिहीबार ललितपुर स्थित लिटल एन्जल्स् कलेजको अडिटरियम हलमा लोर्कापण भएको हो।
लिटल एन्जल्स् कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । डा. पौडेलले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै युएईमा सफल व्यवसायीका रुपमा परिचित भारतीय मूलका डा. अल्फ्रेड मिरान्डाको व्यवसायिक सफलताको पछाडि उनको जीवनप्रतिको दर्शन, मूल्य र मान्यता रहेको विश्वास राखे।
किताबमाथि चर्चा गर्दै नितेशकुमार शाहले किताबबाट विद्यार्थीहरुले सिक्न सक्ने वित्तीय व्यवस्थापन, मुल्य मान्यताका महत्व लगायतमा जोड दिए। यस किताबका लेखक पत्रकार संगमेस मिनासिनकाईले किताब लेख्दाका भोगाइ, रमाइलो क्षण स्मरण गरी यस किताबले उद्यमीहरुलाई हौसला र प्रेरणा दिने कुरामा आफू आशाबादी रहेको दर्शकमाझ साझा गरे। कार्यक्रममा डा. मिरान्डा पनि उपस्थित थिए। उनले सबैमाझ आफ्नो जीवन संघर्षको कथा किताबका रुपमा आएकोमा खुसी हुँदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा लिटल एन्जल्स् कलेजका विद्यार्थीहरु, शिक्षक, प्राध्यापकहरु, पत्रकार, बुद्धिजिवीहरुको बाक्लो उपस्थिति रहेको थियो।