स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न परिवारलाई विदुर नगरपालिकाको सहयोग

स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न परिवारलाई विदुर नगरपालिकाको सहयोग
+
-

नुवाकोट- आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परेका परिवारलाई विदुर नगरपालिकाले स्वास्थ्य बिमाको दायरामा समेटेको छ।

‘अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ अन्तर्गत नगरपालिकाले करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराएको हो।

नगरप्रमुख राजन श्रेष्ठका अनुसार वडा कार्यालयहरूबाट छनोट भएका ६७२ परिवारलाई कार्यक्रममा आबद्ध गरिएको छ।

नगरप्रमुख श्रेष्ठले भने, “आर्थिक रूपमा पछि परेकाको उपचार सुनिश्चित गर्न यो कार्यक्रम सुरु गरिएको हो। प्रारम्भिक चरणमा अतिविपन्न परिवारलाई समेटिएका छौँ, तर क्रमशः सम्पूर्ण नगरवासीलाई समावेश गर्ने लक्ष्य लिएको छौँ।”

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलले उक्त कार्यक्रमलाई नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गर्दै स्वास्थ्योपचारलाई आर्थिक भार नभई नागरिकको अधिकारका रूपमा स्थापित गर्न यो पहल गरिएको बताए।

कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले रु २२ लाख खर्च गरेको छ। अबदेखि नगरपालिकाको लगानीमा यसलाई निरन्तरता दिइने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?