जापानलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सुपर सिक्समा

जापानलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सुपर सिक्समा
+
-

काठमाडौँ – ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पूरा गर्दै नेपाल महत्वपूर्ण २ अङ्कसहित सुपर सिक्समा पुगेको हो।

नेपालको जितमा आसिफ शेखले ३८ रन बनाउँदा कुशल भुर्तेलले २१ रन बनाए। उनीबाहेक गुल्सन झाले २० बलमा २८ रनको अविजित इनिङ्स खेले। त्यस्तै, कप्तान रोहित पौडेलले १८ रन बनाउँदा गुल्सनलाई दिपेन्द्र सिंह ऐरीले १४ रनको अविजित साथ दिए।

जापानका लागि सोमर स्लाटरले २ विकेट लिँदा रिओ थोमस, सावोरिस रविचन्द्रनले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो। जापानका लागि कप्तान केन्डेल कन्द्वकी फ्लेमिङले ४६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६० रनको इनिङ्स खेले। त्यस्तै, एहसाम रहमानले ३१ रन बनाउँदा बेन्जामिन इटो ड्याभिसले १७ रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले २-२ किकेट लिँदा सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?