
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले शनिबार बिहान ९ बजे जेन–जीका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
जेन–जी प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछिन्।
राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री सुशीला कार्कीसहित सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा राष्ट्रपति पौडेलले संविधान जोगाउनका लागि निर्वाचन एक मात्र विकल्प रहेको बताएका थिए।