
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक यही असोज २९ गते बस्ने भएको छ।
यसअघि असोज २७ र २८ गतेका लागि तोकिएको बैठक तयारी नपुगेको भन्दै दुई दिन पछि सारिएको हो।
पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जारी गरेको सूचना अनुसार, अब केन्द्रीय कमिटीको बैठक यही असोज २९ गते ललितपुरको जाउलाखेल, भनिमण्डलस्थित “राम वाग महल” (डिएभी स्कुल नजिक) बस्ने भएको हो।
सम्पूर्ण केन्द्रीय कमिटीका सदस्यहरूलाई असोज २९ गते बिहान ११ बजे बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।