
काठमाडौँ– नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो।
यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको थियो। १३५ दिन नेपाल मनसुन सक्रिय रहेर बाहिरिएको छ। सरदर जुन १३ मा मनसुन नेपाल भित्रने गर्छ।
मनसुन बाहिरिए पनि पानी नै नपर्ने वा मौसम सफा भइराख्ने भने होइन। स्थानीय तथा पश्चिमी वायुको प्रभावले बदली र वर्षा भने हुने सम्भावना रहने गर्छ।
पछिल्लो वर्षहरूमा मनसुन ढिला गरि बाहिरिने गरेको छ। गत वर्ष १० दिन ढिला गरी (अक्टोबर १२ अर्थात असोज २६ गते) मनसुन बाहिरिएको थियो।