‘जेन‌-जी’को दायित्व

‘जेन‌-जी’को दायित्व
+
-
देशसञ्चार AI सारांश
  • ‘जेन-जी’ आन्दोलनले भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने माग राख्दै तत्कालीन अवस्थामा बहसको सुरुवात गर्यो।

  • तीन ठूला दलको सत्ता जीवित रहने मानसिकताले मुलुकलाई निराशा तर्फ धकेल्यो र लोकतन्त्रमा विचलन ल्यायो।

  • ‘जेन-जी’ को प्रभावकारी भूमिका नहुँदा अराजकता बढ्न सक्छ, तर सही मार्ग पत्ता लगाउनुपर्ने आवश्यक्ता छ।

भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने मागका साथ ‘जेन-जी’ उमेर समूहले भदौ २३ र २४ गते गरेको आन्दोलनले मुलुकलाई अवसर र निराशाको दोसाँधमा उभ्याएको छ।

तर, हत्या र निषेधको राजनीति या शासनमा मैमत्त तीन ठूला दल र सहायक राजनीतिक शक्तिहरु आम विनाश र मुलुक नरहे पनि हामी नै सत्तामा रहनुपर्छ भन्ने मानसिकताबाट ग्रस्त छन्। केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्लज्ज र जवाफदेही शून्य नेतृत्वको निरन्तरता ‘लोकतन्त्र’ का नाममा अहिलेसम्म देखिएको विचलन हो।

तर, ‘जेन-जी’ प्रदर्शनपछि सत्ता परिवर्तनसँगै संसद् विघटन र निर्वाचनको घोषणाको यो चरणमा ‘जेन-जी’ आन्दोलनकारी शक्ति औपचारिक या विश्वसनीय स्वरुपमा नदेखिनाले अराजकता नेपालको नियति बन्ने खतरा बढेको छ। पक्कै पनि जेन-जी आन्दोलनकारी सत्ताका लागि सडकमा आएका थिएनन्, तर उत्पन्न परिस्थितिमा कस्तो भूमिका खेल्ने, भ्रष्टाचार अन्त्य तथा सामाजिक सञ्जाललाई जिम्मेवार अभिव्यक्ति, सिर्जनात्मक विचार र आइटी अन्वेषण सम्वन्धी विचार आदानप्रदानको थलो कसरी बनाउनेबारे राजनीतिक शक्तिसँगै सामाजिक बहस चलाउने जिम्मेवारीबाट उनीहरु मुक्त हुन सक्तैनन्।

आफ्नो स्वार्थका लागि वाह्य शक्तिको आशिर्वादमा २०६३ मा उनीहरूले राष्ट्र कमजोर गर्ने एजेन्डाहरुका साथ सत्ताको राजनीतिमा लागेको एउटै तथ्यलाई ‘जेन-जी’ ले बुझेमा  ‘कोर्स करेक्सन’ गर्दै अगाडिको सही मार्ग पहिल्याउन सहज हुनेछ।

राजनीति या सत्तामा कसैको झोला बोकेर सांकेतिक उपस्थितिका साथ जाने या यो परिस्थितिमा स्पष्ट एजेन्डा, राष्ट्रिय एकता र आर्थिक समृद्धिलाई सर्वोपरी बनाउँदै नेतृत्वदायी शक्तिका रुपमा आफूलाई संगठित गर्ने, त्यसबाट जेन-जीको सार्थकता नापिने छ।

तर, कथित ‘लोकतान्त्रिक’ नेताहरुको आपराधिक सत्तालोलुपतालाई उनीहरुले बेवास्ता गर्न मिल्दैन। आफ्नो स्वार्थका लागि वाह्य शक्तिको आशिर्वादमा २०६३ मा उनीहरूले राष्ट्र कमजोर गर्ने एजेन्डाहरुका साथ सत्ताको राजनीतिमा लागेको एउटै तथ्यलाई ‘जेन-जी’ ले बुझेमा  ‘कोर्स करेक्सन’ गर्दै अगाडिको सही मार्ग पहिल्याउन सहज हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?