कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु

कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
+
-

जनकपुरधाम – जेनजीको प्रर्दशनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भई सेवा बन्द भएको आन्तरिक राजस्व कार्यालयबाट आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाहको कार्य सुरु भएको छ।

उक्त कार्यालयको भौतिक सामग्रीको खरिद, मर्मत सम्भार, सरसफाइ तथा रङरोगन गरी कार्यालय सञ्चालन भएको सो कार्यालयले जनाएको छ। गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो।

आगजनी तथा तोडफोडबाट कार्यालयको करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए।

सो क्रममा कार्यालय हाताभित्र रहेको चारपाङ्ग्रे दुई गाडी तथा पाँच मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टीकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका थिए। कार्यालय मर्मत सुधार भएपछि विस्तारै सेवा सुरु गरिएको तथा सेवाग्रही राजस्व वुझाउन आउन थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?