हुम्लाको नाम्खाको तुम्लिङमा यात्रु अलपत्र, न्यालु सडक अझै अवरुद्ध

हुम्लाको नाम्खाको तुम्लिङमा यात्रु अलपत्र, न्यालु सडक अझै अवरुद्ध
+
-
देशसञ्चार AI सारांश
  • बाक्लो हिमपातका कारण लिमी घुम्न गएका ४० यात्रु तुम्लिङमा पाँच–छ दिनदेखि अलपत्र परेका छन्।
  • न्यालु सडकमा करिब तीन फिटभन्दा बढी हिउँ जमेकाले सवारीसाधन चल्न गाह्रो भएको छ।
  • हिउँ पन्छाउने योजना जारी रहे पनि मौसम सुधार भएमात्रै बाटो खुल्न समय लाग्नेछ।

सिमकोट (हुम्ला)- उत्तरी नाम्खा गाउँपालिका–६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु हिमपातका कारण तुम्लिङमा अलपत्र परेका छन्।

सोमबार र मङ्गलबार परेको बाक्लो हिमपातका कारण लिमी क्षेत्रको न्यालु सडक अवरुद्ध हुँदा उनीहरू फिर्ता यात्रामा रोकिएका हुन्।

लिमीको पदयात्रा सकेर सिमकोट फर्किने क्रममा यात्रुहरू न्यालु लेक नजिकैको सडक हिउँले अवरुद्ध भएपछि पाँच–छ दिनदेखि तुम्लिङमै रोकिएका छन्। त्यहाँ रहेका उब्जन रावतका अनुसार न्यालु सडक खण्डमा करिब तीन फिटभन्दा बढी हिउँ जमेकाले सवारीसाधन चल्न नसकेको हो।

“हिमपातपछि बाटो पन्छाउने प्रयास गरिएको थियो, तर बाक्लो हिउँका कारण काम अघि बढ्न सकेको छैन,” रावतले बताए। उनका अनुसार टेलिफोन सेवा बन्द भएकाले सम्बन्धित निकायलाई हिउँ पन्छाउन जानकारी दिन पनि साढे एक घण्टा पैदल हिँड्नुपरेको थियो।

तुम्लिङमै रहेका अर्को यात्री पवन रोकायाका अनुसार बाटो बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलो असुविधा भएको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले न्यालु सडकमा हिउँ पन्छाउने कार्य भइरहेको र मौसम अनुकूल रहेमा आजभित्र वा ढिलोमा सोमबारसम्म बाटो खुलाउने योजना रहेको बताए।

नाम्खा गाउँपालिकाको लिमी क्षेत्र हिमाली पर्यटनका लागि लोकप्रिय गन्तव्य भए पनि हिउँदमा सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको स्थानीयले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?