
अ
+
अ
अ
-
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ ।
पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएको जसपा नेपालले कोशी प्रदेशको अधिवेशनलाई प्रदेश नं १ समितिको अधिवेशन भनेको छ ।
बिराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यतालिका बनाएको छ । त्यसैगरी जसपा नेपालको भोलि (सोमबार) देखि मधेस प्रदेश समितिको अधिवेशन सुरु हुनेछ ।
जनकपुरधाममा हुन लागेको अधिवेशनको उद्घाटन अध्यक्ष उपेन्द्र यादवले गर्ने पार्टी प्रचार विभागले जनाएको छ ।