
- जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको पहिलो अधिवेशनबाट ५१ सदस्यीय समिति चयन गरिने छ।
- अधिवेशनमा करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी हुने अध्यक्ष बालकिसोर प्रसाद यादवले बताएका छन्।
- अधिवेशनले संविधान संशोधन र पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्ने अध्यक्ष यादवले जानकारी दिए।
जनकपुरधाम- जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको पहिलो अधिवेशन सोमवार देखि जनकपुरधाम हुने भएको छ । पहिलो अधिवेशनबाट ५१ सदस्यीय समिति चयन हुने जनाइएको छ ।
पार्टीको मधेस प्रदेश कमिटीले आइतबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक अधिवेशनमा सहभागी हुने बताए ।
उनले अधिवेशनले परिवर्तित सन्दर्भमा संविधान संसोशन, जनसंख्याको आधारमा निर्वाचन प्रणाली तथा अधिकार र पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्ने बताए । वडा, पालिका र जिल्ला अधिवेनिहरू सम्पन्न गरेर मधेस प्रदेश अधिवेशन हुन लागेको उनले बताए ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेसनमा एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष, एकजना मुख्यसचिव, ३ जना सचीव र एकजना कोषाध्यक्ष तथा बाँकी सदस्य चयन हुने अध्यक्ष यादवले बताए ।
उनका अनुसार चयन हुने समितिको १५ प्रतिशत सदस्य पछि मनोनयन हुनेछन्।
अधिवेशनमा अहिले सम्म तीन जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष यादव, मधेस प्रदेशका पुर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव र पुर्व राज्यमन्त्री योगेन्द्र यादवले उम्मेदवारीको घोषणा गरेका छन् ।