
अ
+
अ
अ
-
काठमाडौँ– नेपाली कांग्रेसका नेता पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले हमासको कब्जामा रहेका विपिन जोशीको सुरक्षित रिहाइको कामना गरेका छन्।
दुई वर्षअघि (सन् २०२३ को अक्टोबर १२ अर्थात्) आजकै दिन इजरायलमा हमासको आक्रमणमा परी घाइत, मृत्यु भएका नेपाली विद्यार्थीको उद्धारका लागि इजरायलमा रहेको स्मरण गर्दै साउदले विपिनको रिहाइका लागि कामना गरेका हुन्।
इजरायल र हमासबीच वार्ता भएसँगै बन्धक रिहाइका लागि सम्झौता भएसँगै विपिन पनि रिहाइ हुने बन्दीमा परेका छन्।
साउदले आफ्नाे कार्यकालका दौरान इजरायल सरकार, सहजकर्ताको रुपमा रहेको कतार, इजिप्ट, अन्तर्राष्ट्रिय रेडक्रस, संयुक्त राज्य अमेरिकालगायत सरोकारवालासँग विपिनको सुरक्षित उद्धारका लागि बिभिन्न उच्च कुटनैतिक तहमा निरन्तर सम्पर्क, संवाद र वार्ता गरेको पनि बताएका छन्।