
काठमाडाैँ – नेपालीहरूको दाेस्राे ठूलाे महान् पर्व तिहारको चहलपहल बढ्न थालेको छ। तिहार सुरु हुनु एक हप्ताअगाडि नै राजधानीका असन, इन्द्रचोकलगायत स्थानमा सामग्री किन्नेको घुइँचो लागेकाे छ।
तिहारको बेला ढाकाटोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायत सामग्रीकाे राम्रो व्यापार हुने गरेकाे व्यवसायीहरु बताउँछन्।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी