नेप्सेमा ७८ अंकको गिरावट

नेप्सेमा ७८ अंकको गिरावट
+
-

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले घटेर दुई हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ। यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो।

आज ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ। आजको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो।

आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ र अन्य समूह चार दशमलव ७९ प्रतिशतले घटेको छ।

बैंकिङ दुई दशमलव ३०, विकास बैंक दुई दशमलव ९३, वित्त तीन दशमलव ६७, जलविद्युत् तीन दशमलव ९७, लगानी तीन दशमलव १३ र जीवन बिमा समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त दुई दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ९९, निर्जीवन बिमा दुई दशमलव ३२ र व्यापार समूह दुई दशमलव ८५ प्रतिशतले घटेको छ।

नेपाल माइक्रो इन्स्योरेन्क कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव शून्य एक प्रतिशतले बढेको छ। सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नौ दशमलव २७ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योेरेन्स कम्पनी लिमिटेडको रू ३८ करोड सात लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको सात लाख २६ हजार ६७३ कित्ता शेयर किनबेच भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?