
काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक सुधारका कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुले बिदाइ लिनुपर्ने बताएका छन्।
आइतबार भिडियोमार्फत थापाले आम मानिसम्म पार्टीहरुलाई लैजानका लागि अब पुराना नेताहरुलाई विस्थापित गरेर अघि बढ्नुपर्ने बताएका हुन्।
थापाले भनेका छन्, ‘कांग्रेस, एमाले माओवादीका सबै साथीहरुलाई म अपिल गर्छु। हामीले तीनवटै नेताहरुलाई भन्नु पर्छ। तपाईंहरु अब नो मोर, इफ बट केही पनि होइन। तपाईंहरुले छाड्नुपर्छ, घर बस्नुपर्छ। अब तपाईंहरु विना हामी पार्टी चलाउँछौँ भनेर भन्नुपर्छ। यस गर्न सके मात्रै हाम्रा पार्टीले आम मानिससँग कुरा गर्न सक्छ।’
नेताहरुले जेनजी आन्दोलनपछि अझै पनि नचेको भन्दै उनले चिन्ता व्यक्त गरे।
तीन दलका युवा नेताहरुलाई अपिल गर्दै थापाले भने, ‘तपाईंहरू चेत्नुहुन्न? बिदाइ लिनुहुन्न? अझै पनि तपाईंहरूले उहाँहरूलाई हटाउनुपर्दैन? म सुन्छु तपाईंहरू अझै अधिवेशन, विशेष अधिवेशनको कुरा गर्दै हुनुहुन्छ।’
उनले प्राविधक कुरा देखाएर नेताहरुले पदमै बसिरहने मनसाय व्यक्त गरे।