
- वडाध्यक्ष पाल्जोर तामाङले टासी ल्हान्जोमलाई अनावश्यक विवादमा ल्याइएको भन्दै हुम्ला आएर बुझ्न चुनौती दिए।
- उनले टासी ल्हान्जोम तिब्बतीयन भएको बताउँदै, आरोपहरू कानुनविरूद्ध भएको र सत्य बुझ्न लिमि भ्रमण गर्न सुझाए।
- अधिकांश हुम्लावासी ल्हान्जोमको समर्थनमा छन् र कानुनी उपचारमा जान पनि पछि नपर्ने बताए।
सिमकोट – नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले टासी ल्हान्जोमलाई अनावश्यक विवादमा ल्याएको आराेप लगाएका छन्। उनले यो घटनाबारे स्पष्ट बुझ्न हुम्ला आएर देखाउन चुनौतीसमेत दिएका छन्।
सहरमा बसेर यथार्थ नबुझी अँध्यारोमा झटारो हान्ने काम संघीस संसदका निवर्तमान सासद ज्ञानेन्द्र शाहीले गरेको वडाध्यक्ष तामाङकाे आराेप छ। टासी ल्हान्जोम तिब्बतीयन हो भने लिमी पनि तिब्बती भूभाग हो भन्दा हुने उनले बताए।
लिमी नेपाली भूभाग भए ल्हान्जोम पनि तिब्बती हुन नसक्ने उनले उनकाे भनाइ छ। सहरमा बसेर यथार्थ नबुझी, सनकका भरमा आरोप लगाउने कार्य कानुनविरुद्ध भएको भन्दै उनले अझै ल्हान्जोम को हुन् भन्ने वास्तविक बुझ्न लिमी आएर अध्ययन गर्नसमेत चेतावनी दिएका छन्।
ल्हान्मोज थर वतन नभएको भन्दैै उनी विशुद्ध लिमीकी जनजानी भएको पनि उनले बताए। उनी जन्मेदेखि हालसम्मको अवस्था सबै आफूलाई राम्रो थाहा भएको भन्दै उनको क्षमता देखेरै सरकार प्रभावशाली पदमा चर्चा भएको बताए।
ब्यक्तिगत स्वभावबारे आफूले केही भन्न नमिल्ने उनले बताए। उनले भने, ‘दूरदराजका ब्यक्तिलाई क्षमता भए पनि हेप्ने गरेको स्पष्ट देखियाे। उनीबारे स्पष्ट भएरै वडाले सिफारिस पनि दिएको हाे।’
अधिकांश हुम्लावासी ल्हान्जोमको समर्थनमा छन्। अनावश्यक रुपमा प्रमाण र तत्थ्यको आधारबिनै ल्हान्जोममाथि आरोप लागेका कारण कानुनी उपचारमा जान पनि पछि नपर्नेसम्मका अभिब्यक्तिसमेत सामाजिक सञ्जालमा आएका छन्।
ल्हान्जोमले प्राथमिक शिक्षासमेत लिमीकै सुनखानी प्राविमा अध्ययन गरेकी थिइन् भने मावि स्तरको पढाइ नभएका कारण सो अध्ययन गर्न जिल्लाबाहिर गएकी थिइन्।