एमाले संसद् पुनर्स्थापना माग्दै अदालत जाने, मंसिर अन्तिम साता महाधिवेशन

एमाले संसद् पुनर्स्थापना माग्दै अदालत जाने, मंसिर अन्तिम साता महाधिवेशन
+
-

काठमाडौँ-  नेकपा एमालेले संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय गरेको छ। त्यस्तै, एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।

शुक्रबार बिहान १२ बजेदेखि सुरु भएर करिब ९ घण्टा चलेको सचिवालय बैठकमा यी दुई प्रमुख विषयमा सहमति बनेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

ज्ञवालीले बैठकपछि भने, ‘यथास्थितिमा निर्वाचन सम्भव छैन, त्यसैले पार्टी अदालत जान्छ।’

उनका अनुसार एमालेले निर्वाचनमा भाग लिनका लागि केही राजनीतिक र प्रावधानगत शर्तहरू पनि राखेको छ।

विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि कानुनी र राजनीतिक रुपमा सङ्घर्ष गर्ने निर्णय सचिवालय बैठकले सर्वसम्मत रुपमा गरेको नेता सूर्य थापाले जानकारी दिए।

त्यस्तै, पार्टीको ११औं महाधिवेशन मंसिर अन्त्यतिर गर्ने निर्णय एमालेले गरेको छ। ज्ञवालीले भने, ‘महाधिवेशन तयारी र कानुनी प्रक्रियालाई समानान्तर रूपमा अघि बढाइनेछ।’

मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि गते र स्थान अहिलेसम्म तोकिएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?