
बर्दिया- अन्नको भण्डारका रूपमा परिचित बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काट्ने कामले तीव्रता पाएको छ। पानी पर्न छाडेसँगै किसानहरू धान बाली काट्न व्यस्त बनेका छन्।
बर्दियामा कुल ७५ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। लुम्बिनी प्रदेशमा उत्पादन हुने कुल धानको २० प्रतिशत योगदान बर्दिया जिल्लाले पुर्याउँछ।
राजापुर नगरपालिकालाई नेपाल सरकारले धान सुपरजोनको रूपमा घोषणा गरेको छ।
यद्यपि, विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर रहने गरेका बर्दियाका कृषकहरू पछिल्लो समय भने उखु र मकैजस्ता अन्य बालीहरूको खेतीतर्फ पनि आकर्षित हुन थालेका छन्।
तस्बिरहरूः