बालेन र सुधनमाथि कारबाही गर्न नेविसंघको माग

बालेन र सुधनमाथि कारबाही गर्न नेविसंघको माग
+
-

काठमाडौँ-  नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन्।

जेनजी आन्दोलन र पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गर्न नेविसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले सिंहदरबार जलाउनुपर्छ भन्ने बालेनलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

उनले भने, ‘सिंहदरवार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ। ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुधन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन्। अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ।’

उनले भदौ २३ गतेको आन्दोलनमा अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरूलाई कारबाही गर्न माग पनि गरेका थिए। त्यस्तै, उनले २०४६ सालपछाडि सार्वजनिक पदमा बसेको मान्छेको सम्पत्ति छानबिन हुनुपर्ने प्रस्ताव पनि ल्याए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?