काठमाडौँ – सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोप लागेका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थप नगरेरै सोमबार मुद्दा दर्ता गरेको हो। उनीविरुद्ध संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा दर्ता गरिएको छ।
महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ। केही दिनअघि अख्तियारले उनको बयानसमेत लिएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































