दसैँ सकिएसँगै किसान बाली भित्र्याउन व्यस्त

दसैँ सकिएसँगै किसान बाली भित्र्याउन व्यस्त
+
-
देशसञ्चार AI सारांश
  • हुम्लाका किसान बडादसैँ सकिएपछि खेतबारीको काममा व्यस्त छन्, विभिन्न बाली भित्र्याउने चटारोमा छन्।
  • माथिल्लो हुम्लामा गाईवस्तु जथाभावी छोड्न नपरोस् भनेर किसान बाली चाँडै भित्र्याउन बाध्य छन्।
  • तल्लो हुम्लाका किसानले यसपाली दसैँ चाँडै परेकाले बाली थन्क्याउन सजिलो भएको अनुभव गरेका छन्।

सिमकोट (हुम्ला) – बडादसैँ सकिएसँगै हुम्लाका किसान यतिबेला खेतबारीको काममा व्यस्त देखिएका छन्। किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन्।

दसैँ सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ। सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन्। उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन बाँकी रहेको सिमकोट गाउँपालिका–५ का मुक्ति रावतले बताए। दसैँ अवधिभर यहाँका किसानले सबै बालीनाली घरमा भित्र्याइ सकेका छन्। अब घाँस काट्न मात्रै बाँकी रहेको रावतले बताए।

जिल्लाका खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान बाली भित्र्याउन व्यस्त छन्। माथिल्लो हुम्लामा अधिकांश बाली पाकिसकेको छ। चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलुलगायत बाली थन्क्याउने चटारो रहेको खार्पुनाथकी प्रगति रोकायाले बताए। समयर्म बाली नभित्र्याउँदा गाईवस्तु जथाभावी खेतबारीमा छोडिने भएकाले समयमै बाली भित्र्याउनुपर्ने बाध्यता रहेको उनले बताए।

यसपाली दसैँ चाँडै परेकाले तल्लो हुम्लाका किसानलाई बाली भित्र्याउन सहज भएको छ। बाली पाकिसकेपछि बेलैमा नथन्क्याए झर्ने समस्या हुन्छ। कामको चाप दसैँ सकिए लगतै बढेको छ। बाली थन्क्याउन किसानले खेतमै राति अबेरसम्म काम गर्ने गरेका सिमकोट–२ की गौरी बोहराले बताए।

“पहिला चिनो, फापर, कागुनो र सिमी भित्र्याउँछौँ। ती बाली भित्र्याएपछि मकै, कोदो, मार्से, आलु र धान बालीको पालो आउँछ”, उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?