माओवादीसँगको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्याउने समाजवादीको निर्णय

माओवादीसँगको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्याउने समाजवादीको निर्णय
+
-
देशसञ्चार AI सारांश
  • पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्याउन एकीकृत समाजवादीले कार्यदल बनाएर छलफल अघि बढाउने निर्णय गरेको छ।
  • लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सम्बाद र सहकार्य पहिला बढाउने निर्णय सचिवालय बैठकले गरेको छ।
  • निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराउँदै पार्टीले विभिन्न बैठकको मिति तय गरेको छ।

काठमाडौँ – एकीकृत समाजवादीले पार्टी एकतालाई यथाशीघ्र निष्कर्षमा पुर्याउने निर्णय गरेको छ।

माओवादी केन्द्रसहितका दलहरुसँग एकताका लागि कार्यदल नै बनाएर छलफल गरिरहेको समाजवादीको सचिवालय बैठकले एकतालाई शीघ्र अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

उनले भने, ‘वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन दशौ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने ।’ सम्मानित नेता झलनाथ खनाल पक्षले भने पार्टी एकता गर्न नहुने धारणा राखिरहेको छ।

असोज २४ र २६ बसेको सचिवालय बैठकले राजनीतिक संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरुबिच सम्बाद र सहकार्य अघि बढाउने निर्णय पनि गरेको छ।

समाजवादीले प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

त्यस्तै पार्टीको स्थायी कमिटीको बैठक असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३० गते गर्ने निर्णय पनि भएको ज्वालाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?