एनपीएल २०२५ का लागि स्कटिस क्रिकेट खेलाडी जर्ज मुनसी विराटनगर किंग्समा आबद्ध

एनपीएल २०२५ का लागि स्कटिस क्रिकेट खेलाडी जर्ज मुनसी विराटनगर किंग्समा आबद्ध
+
-
देशसञ्चार AI सारांश
  • विराटनगर किंग्सले स्कटल्याण्डका आक्रामक ओपनिङ ब्याट्सम्यान जर्ज मुनसीलाई नेपाल प्रिमियर लिगको लागि अनुबन्ध गरेको छ।
  • मुनसी आफ्नो आक्रामक ब्याटिङ शैली र “रिभर्स स्वीप”को लागि प्रसिद्ध छन्, जसले किंग्सको शीर्षक्रमलाई सशक्त पार्नेछ।
  • स्कटल्याण्डको प्रमुख टी–२० खेलाडी मुनसीले विभिन्न फ्रेन्चाइज टोलीमा खेल्दै विश्व क्रिकेटमा उत्कृष्टता हासिल गरेका छन्।

काठमाडौं –  विराटनगर किंग्सले स्कटल्याण्डका धमाकेदार ओपनिंग ब्याट्सम्यान जर्ज मुनसीलाई आगामी नेपाल प्रिमियर लिगका लागि टोलीमा अनुबन्ध गरेको छ। शनिबार गरिएको यो घोषणा यस सिजनको सबैभन्दा रोमाञ्चक साइनिङमध्ये एक मानिएको छ।

आक्रामक ब्याटिङ र आफ्नो प्रसिद्ध “रिभर्स स्वीप” शटको कारण चर्चित मुनसीले किंग्सको शीर्षक्रममा पावर, अनुभव र आकर्षण थप्ने अपेक्षा गरिएको छ।

३२ वर्षका बाँयाहाते ब्याट्सम्यान मुनसी स्कटल्याण्डको टी–२० टोलीका मुख्य खेलाडी हुन् र यस फर्म्याटमा उनले २,६०० भन्दा बढी रन बनाइसकेका छन्।

उनले दुबई क्यापिटल्स, कराची किंग्स, चेन्नई ब्रेभ्स, ब्र्याम्पटन वुल्भ्स र सिल्हट स्ट्राइकर्स जस्ता प्रमुख फ्रेन्चाइज टोलीका लागि पनि खेलेका छन्, जसले उनलाई विश्व क्रिकेटका उत्कृष्ट एसोसिएट ब्याट्सम्यानमध्ये एक बनाएको छ।

गल्फ खेलबाट सुरु गरेर स्कटल्याण्डकै विष्फोटक ओपनिंग ब्याट्सम्यान बन्नेसम्मको उनको क्रिकेट यात्रा मेहनत र खेलप्रतिको प्रेमको उत्कृष्ट उदाहरण हो। सन् २०२२ को टी –२० विश्वकपमा उनले वेस्ट इन्डिजविरुद्ध स्कटल्याण्डलाई शानदार जित दिलाएर ठूलो मञ्चमा आफ्नो क्षमता देखाएका थिए। मुनसी नेपाली क्रिकेटका लागि नयाँ नाम भने होइनन्।

उनले यसअघि पनि नेपालमा घरेलु फ्रेन्चाइज लिग खेलेका थिए जहाँ उनको आक्रामक खेल र छिटो रन बनाउने क्षमताले उनलाई दर्शकको फेवरेट बनाएको थियो।

“किंग्स परिवार” मा स्वागत गर्दै फ्रेन्चाइजले मुनसीको दृढ मानसिकता र अन्तर्राष्ट्रिय अनुभवले टोलीको ब्याटिङ लाइनअपमा नयाँ धार ल्याउने विश्वास व्यक्त गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?