
काठमाडौँ – नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको हमासले पुष्टि गरेको छ।
हमासको सैन्य शाखा, अल-कस्साम ब्रिगेड्सले विपिनसहित चारजना मृतक बन्धकहरूको नाम सार्वजनिक गरेको सिएनएनले जनाएको छ। उनीहरूको शव सोमबार हस्तान्तरण गरिँदै छ।
हमासका अनुसार विपिन जोशी, ड्यानिअल पेरेट्ज, योसी शराबी र गाई इलौजको शव इजरायललाई हस्तान्तरण गरिँदै छ।
यसअघि हमासले इजरायललाई बुझाएको जीवित रहेका र मृत्यु भइसकेका बन्धकको सूचीमा विपिनको नाम थिएन।
यसअघि इजरायली सेनाले जोशी जिवित रहेको कुनै प्रमाण नभेटिएको परिवारलाई जानकारी गराएको थियो।
इजरायलसँगको युद्धविरामपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जना जीवित बन्धक छाडिसकेको छ। यस्तै, मृत्यु भइसकेका २८ जनाको शव बुझाउने तयारी भइरहेको छ।