एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
+
-

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको हो।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। लगातारको वृद्धिसँगै यो मूल्य हालसम्मकै उच्च स्तरको रहेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँमा रहेको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

सुन र चाँदीको मूल्यमा देखिएको यस उछालले बजारमा व्यापक चासो पैदा गरेको छ।

व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको मजबूती र भू-राजनीतिक तनावका कारण नेपाली बजारमा पनि मूल्यमा वृद्धि भएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?