
पोखरा- कास्कीमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–१ घर भइ कास्कीको पोखरा महानगरपालिका–२० भलाम बस्ने २५ वर्षीय सुजन विक रहेका छन् ।
सुजनले सोमबार राति पोखरा महानगरपालिका–१२ शितलादेवीको देवीकला अधिकारीलाई पेस्तोल देखाएर लुटपाट गरेका थिए ।
वडा प्रहरी कार्यालय रामबजारको टोलीले विकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
उनको साथबाट नक्कली पेस्तोल खेलौना १ थान र ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।