अपहरणमा परेको केही महिनामै मारिएका थिए विपिन

अपहरणमा परेको केही महिनामै मारिएका थिए विपिन
+
-

इजरायलबाट हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी करिब दुई वर्षअघि नै मारिएको इजरायली रक्षा बल (आइडिएफ) ले जनाएको छ।

आईडीएफले प्राप्त गरेको जानकारी साझा गर्दै उसले प्रारम्भिक मूल्यांकनमै उनको मृत्यु अपहरण परेको केही महिनामै भएको बताएको छ।

जोशीलाई हमासले इजरायलको किबुत्ज अलुमिमबाट २३ वर्षको उमेरमा नियन्त्रणमा लिएको थियो। प्रारम्भिक मूल्यांकनअनुसार, युद्धको पहिलो केही महिनाभित्रै उनको बन्दी अवस्थामै हत्या गरिएको आइडिएफले बताएको छ।

मृत्युको कारण र परिस्थितिहरूको अन्तिम निष्कर्ष आइनसकेको र आईडिएफले मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै उसले बाँकी सबै बन्धकहरूको फिर्ताका लागि आफ्नो प्रयास जारी राखेको बताएको छ। हमासले सम्झौताअनुसार आफ्नो जिम्मेवारी पूरा गर्दै सबै बन्धकहरूलाई उनीहरूको परिवारका बीचमा र उचित अन्त्येष्टिका लागि फिर्ता गराउन आवश्यक पहल गर्न पनि आइडिएफले आग्रह गरेको छ।

युद्धविराम सम्झौताले २० जना इजरायली जीवित बन्धक र चार जना मृतक बन्धकको शब इजरायललाई हस्तान्तरण भएको छ। साथै सयौँ प्यालेस्टिनी कैदीहरूलाई आफ्ना परिवारसँग भावनात्मक रूपमा पुनर्मिलन गराइएको छ।

शोकाकुल इजरायली परिवारहरूले २८ जना मृतक बन्धकमध्ये हालसम्म केवल चार जनाका मात्र शव फिर्ता गरिएको भन्दै आलोचना गरेका छन्।

इजरायली मिडियाले प्रकाशित गरेको युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार हमास र अन्य प्यालेस्टिनी समूहहरूले तोकिएको समयभित्र सबै शवहरूको ठेगाना पत्ता लगाउन नसक्ने सम्भावनालाई भने इजरायलले स्वीकार गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष