राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग भएकै कारण एमालेमाथि आक्रमण भयो: ओली

राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग भएकै कारण एमालेमाथि आक्रमण भयो: ओली
+
-
देशसञ्चार AI सारांश
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई लोकतान्त्रिक, सुशासनयुक्त मार्गमा फर्काउन सचेत रहनुपर्ने बताउनुभयो।
  • उनले राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग भएको कारण पार्टीलाई प्रतिगमनकारी शक्तिहरूले आक्रमण गरिरहेको बताए।
  • ओलीले भ्रष्टाचार नियन्त्रण र स्थिरता मन नपराउने शक्तिहरू सक्रिय रहेको भन्दै सबैलाई सजग रहन आग्रह गरे।

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध सचेत रहँदै देशलाई लोकतान्त्रिक र सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यो विचार व्यक्त गरे। ओलीका अनुसार जेन–जी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा (एमाले)माथि भइरहेको छ।

उनका भनाइमा, राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र एमालेमाथि प्रतिगमनकारी शक्तिहरूले आक्रमण गरिरहेका छन्।

अध्यक्ष ओलीले नेकपा (एमाले)लाई नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक र व्यवहारिक अगुवाइ गर्ने पार्टीका रूपमा प्रस्तुत गरे। उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थिरता र राष्ट्रहितका कार्यहरू मन नपराउने शक्तिहरू अझै सक्रिय रहेको बताउँदै त्यसप्रति सबैलाई सजग रहन आग्रह गरे।

ओलीले भने, “अहिले देश बर्बादीतर्फ धकेलिएको छ। यस अवस्थालाई हामीले तत्काल लोकतान्त्रिक, जनपक्षीय, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र शान्तिपूर्ण बाटोतर्फ फर्काउनुपर्छ। अरुभन्दा हामी बढी निशानामा परेका छौं, किनभने हाम्रा नीति र अडान राम्रा छन्। नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरता र वैचारिक अगुवाइ गर्ने पार्टी हो। सुशासन, सुव्यवस्था र स्थिरताको आन्दोलनमा हामी सधैं अगाडि छौं। यी कुराहरू मन नपराउने शक्तिहरू छन्, जसले राष्ट्रले शीर उठाएको सहन सक्दैनन्। राष्ट्रिय हित र न्यायको पक्षमा हामी अडिग छौं। त्यसैले हाम्रो दृष्टिकोण राष्ट्रको हित र सार्वभौमिकताको पक्षमा दृढ छ।”

बैठकमा उनले आफू नेतृत्वको सरकारले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै देशलाई आत्मनिर्भरतातर्फ डोर्याएको दाबी पनि गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष