
- करन रावतको दुई गोलले सिम ब्वाइज फुटबल क्लबले छिप्रा फुटबल क्लबलाई २-० ले हराउँदै उपाध्यक्ष कप जित्यो।
- विजेता सिम ब्वाइजले १ लाख ५० हजार नगद, ट्रफी र खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।
- उपविजेता छिप्रा फुटबल क्लबलाई ८० हजार नगद पुरस्कार र खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरियो।
हुम्ला – करन रावतको दुई गोलले उपाध्यक्ष कपमा सिम ब्वाइज फुटबल क्लब विजेता भएको छ। फाइनलमा सिम ब्वाइजले छिप्रा फुटबल क्लवलाई दुई गोल गरेपछि विजेता भएको हो।
सदरमुकाम सिमकोटको खेल मैदानमा सञ्चालन भएको उपाध्यक्ष कपको फाईनलमा सिम ब्वाइज क्लव बिजेता भएको छ। उक्त कपको फाईनल प्रतियोगितामा छिप्रा फुटबल क्लबलाई हराउदै सिम ब्वाइज विजेता भएको हो। फाईनल खेलमा सिम ब्वाइज क्लब खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा फुटबल क्लवलाई दुई सुन्ने गोल अन्तरले बिजेता भएको हो।
सिम ब्वाइजका तर्फबाट पहिलो हाफमा जर्सी नम्बर २ का करण रावतले खेलको बीस र चालीसौ मिनेटमा दुई गोल गर्दै सिम ब्वाइजलाई बिजेता बनाएका थिए। बिजेता सिम ब्वाइजले एक लख पचास हजार रुपियाँ नगद पुरस्कार, ट्रफी प्राप्त गरेको छ भने खेलाडीलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको छ।
त्यसैगरी कपको उपविजेता छिप्रा फुटवल क्लवले ८० हजार नगद र खेलाडीले मेडल प्रमाण पत्र प्रदान गरिएको थियो। यो पुरस्कार सिमकोट गाउँपालिकाका उपााध्यक्ष सुशीला भाम रोकायालगायतले बितरण गरेका थिए।
असोज १८ गतेबाट सुरु भएको यो प्रतियोगितामा बाह्र बटा टिमले सहभागिता जनाएका थिए। फाइनल प्रतियोगितामा प्रहरी नायव उपरीक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी नायव उपरीक्षक कवीन्द्र महर्जन, सहायक प्रजिअ राजेन्द्र चन्द, काँग्रेस कर्णाली प्रदेशका सदस्य जयपति रोकाया, उपसभापति बसन्त रोकाया लगाएको सहभागिता थियो।