हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’ माथि परिचर्चा

हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’ माथि परिचर्चा
+
-
देशसञ्चार AI सारांश
  • कैलाली जन–पुस्तकालयद्वारा आयोजित कार्यक्रममा अग्रज र नयाँ पुस्ताका साहित्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
  • ‘बन्द कोठाको झ्याल’का प्रतीक र शैलीगत प्रयोगलाई डा। तुलसी शर्माले आधुनिक कविताको संवेदनशील कडी भनेकी छिन्।
  • कवि शिशिरका कवितामा युवापुस्ताको यथार्थ र विद्रोही चेतना प्रतिबिम्बित भएको प्रमुख अतिथि डाक्टर पुष्कर भट्टले बताए।

कवि हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’ माथि परिचर्चा भएकाे छ।

कैलाली जन–पुस्तकालयद्वारा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिमका अग्रज र नयाँ पुस्ताका साहित्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव सुवास भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष टंकप्रसाद जोशीले दिएका थिए। कार्यक्रममा कवि शिशिरको जीवन–व्यक्तित्व र साहित्यिक यात्रामाथि साहित्यकार जनक रसिकले विस्तृत रूपमा प्रकाश पारेका थिए।

त्यस्तै, ‘बन्द कोठाको झ्याल’ मा प्रयोग भएका बिम्ब, प्रतीक र शैलीगत प्रयोगबारे सैद्धान्तिक टिप्पणी गर्दै डा। तुलसी शर्माले कवितासंग्रहलाई आधुनिक नेपाली कविताको संवेदनशील कडीका रूपमा व्याख्या गरिन्।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका सदस्य डाक्टर पुष्कर भट्टले कवि शिशिरका कवितामा युवापुस्ताको यथार्थ र विद्रोही चेतनाको प्रतिबिम्ब देखिएको उल्लेख गर्दै यस्ता सिर्जनाहरूले समाजलाई आत्ममूल्यांकन गर्न प्रेरणा दिने बताए। विशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशीले कविताको सैद्धान्तिक तथा शिल्पगत पक्षबारे आफ्ना विचार राखेका थिए।

कवितासंग्रहका केही कविताहरू कवि कल्पना जोशी, कवि खेम बतास र गोविन्द अवस्थीले वाचन गरेका थिए। कार्यक्रममा सहभागिहरूले पनि कवितासंग्रहका विषयवस्तु र भाव–संवेदनाबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शिवराज ओझाले गरेका थिए। उनले कवि हेमन्त शिशिरको सिर्जनाले सुदूरपश्चिमको साहित्यिक चेतना अझ सशक्त बनाएको उल्लेख गर्दै यस्ता परिचर्चाले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष