महानगरको बैठकमा बालेन र वडाध्यक्षबीच चर्काचर्की

महानगरको बैठकमा बालेन र वडाध्यक्षबीच चर्काचर्की
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौं महानगरपालिकाको बैठकमा मेयर बालेन शाह र वडाध्यक्ष हिरालाल तण्डुकारबीच घोचपेच र चर्काचर्की भएको छ।
  • तण्डुकारले स्काउटको जग्गामा अस्पताल बनाउने प्रस्ताव गर्दै भाडामा बस्नुपर्ने अवस्था हटाउन महानगरको भवन बनाउनुपर्ने बताए।
  • शाहले महानगरपालिकाको भवन निर्माण दीर्घकालीन योजना बताएर तिहारपछि सुरू हुने आश्वासन बैठकमा दिए।

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाको ४३औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र वडाध्यक्ष हिरालाला तण्डुकारबीच घोचपेच र चर्काचर्की भएको छ।

काठमाडौँ महानगरको भवन बनाउनेसम्बन्धी छलफलका क्रममा मेयर शाह र वडाध्यक्ष तण्डुकारबीच घोचपेच र चर्काचर्की भएको हो।

महानगरपालिकाको वडा नम्बर २६ मा रहेको नेपाल स्काउटको जग्गा भाडामा लिने सम्बन्धी प्रस्ताव पेश हुने क्रममा शाह र ११ नम्बर वडाका वडाअध्यक्ष तण्डुकार दुवैजना चर्किएका थिए।

तण्डुकारले स्काउटको जग्गामा अस्पताल बनाउने प्रस्ताव पेश भएपछि पहिला महानगरको आफ्नै भवन बनाउनुपर्नेमा ध्यान नपुगेको बताएका थिए।

तण्डुकारले भने- ‘पहिला आफ्नो घर बनाऔं न। हामीले आफैंले हाम्रो महानगरको भवन बनाउन सकेका छैनौं। भाडामा बस्नु परेको छ। महानगरका जनताको पैसा उठाएर जहिल्यै भाडा तिरेर बस्ने हो?’

उनले थपे-  ‘नगरप्रहरी कुन अवस्थामा बसेको छ? नगर प्रहरीलाई चाहिएको ब्यारेक बनाउन सकिएको छैन। यी काम गरेपछि मात्र अन्यत्र लागौं। पहिले आफ्नै घर बनाऔं।’

जवाफमा शाहले महानगरपालिकाको भवन निर्माणको काम तिहारपछि सुरु हुने जानकारी बैठकमा गराए।

वडाध्यक्षले स्काउटको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले विवादमा नफस्न संकेत गरेका थिए। उनले चुनिएर आएको साढे तीन वर्ष बितिसक्दा पनि महानगरको भवन नबनेको भन्दै आपत्ति जनाए।

‘जहिले अब हुन्छ तब हुन्छ भनेर आश्वासन दिएर हुन्छ? त्यहाँ ठेकेदारले सामानहरू राखिरहेको छ। काम सुरु नहुँदा ठेकेदारले क्षतिपूर्ति माग्यो भने के गर्ने? घर बनाउन लाग्नेभन्दा बढ्ता क्षतिपूर्ति दिनुपर्ने होला फेरि,’  तण्डुकारले भने।

शाहले प्रतिप्रश्न गरे, ‘भनेपछि नबनोस् भन्न खोज्नुभएको हो?’

वडाध्यक्षले छिटो बनोस् भन्ने चाहेको बताए। शाहले फेरि भने- ‘तिहार छिटै सकाइदिनुपर्‍यो अब मैले?’

उनले फेरि भने-  ‘ए, ए, ल, ल, तिहारलाई चाँडै सक्किन भन्छु म हस्।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष