हिमपातले अवरुद्ध न्यालु सडक सुचारु

हिमपातले अवरुद्ध न्यालु सडक सुचारु
+
-
देशसञ्चार AI सारांश
  • न्यालु लेकमा जमे हिउँ स्काभेटरबाट पन्छाएपछि अवरुद्ध सडकलाई पुनः सुचारु गर्न सफल गरिएको छ।
  • हिमपातले बाधा भएपछि विविध राष्ट्रका २४ पर्यटक र पाँच चालक सिमकोटमा अलपत्र परेका थिए।
  • हिउँ पन्छाउन स्काभेटरलाई तीन दिन लागेको र यसले पर्यटकहरुलाई फर्कन मद्दत पुगेको हो।

हुम्ला – नाम्खा गाउँपालिका– ६ को न्यालु लेकमा अवरुद्ध सडक सुचारु भएको छ। पाँच हजार मिटर अग्लो सडकमा जमे

हिउँ स्काभेटरबाट पन्छाएयात सुचारु भएपछि रोकिएका आन्तरिक तथा बाह्य पर्यटक र चालकहरु आफ्नो गन्तव्यतर्फ फर्कन पाएका हुन्।सिमकोट गाउँपालिका– ५ का मानवीर रोकायाले न्यालुमा जमेको हिउँ फालेर सडक सुचारु हुँदा आउन पाएको बताए।

उनीहरुको टोली लाप्चातर्फ जाँदै गर्दा गत असोज २३ र २४ गते हिमपात भएको थियो। यसयता पाँच हजार मिटर उचाईको न्यालु सडक अबरुद्ध हुँदै आएको थियो। सडक अबरुद्ध भएपछि सात जना भारतीय, चार जना अन्य देशका पर्यटक, चार जना चितवन, एक जना मुगु, हुम्लाका आठ जना गरि २४ जना पर्यटक र पाँच जना चालक सदरमुकाम सिमकोट आइपुगेका छन्। यो बिचमा धेरै समस्या भोगेर तुम्लिङमा बास बस्नु परेको बताउदै तर पनि सवै पर्यटक सकुसल सिमकोट फिर्ता हुन पाएकोमा उनले खुसी ब्यक्त गरे।

उनीहरु आठ जना हिमपात मै लाप्चा पुगेर फर्केका थिए। बाह्य पर्यटकहरु भने लिमी उपत्यका घुम्न गएका थिए । भारतीय पर्यटकहरु भने ताक्चीबाट हिल्सा हुँदै सिमकोट फिर्ता भएका हुन। २५ गते स्काभेटर पठाएर न्यालु लेकको सडकमा जमेको हिउँ फाल्ने कार्य गरी सडक सुचारु गरिएको पूर्वाधार बिकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीले बताए।

झण्डै तीन किलो मिटर सडकमा जमेको चार फिट हिउ पाल्न स्काभेटरलाई तीन दिन लागेको थियो। जे भए पनि सडकमा जमेको हिउ पन्छाएर यातायात सुचारु गरि ताक्चीमा फसेका पर्यटकहरु फिर्ता आउन पाएकोमा उनले खुसी ब्यक्त गरे। न्यालुमा यसवर्ष असोज महिना मै हिमपात भएर सडक अबरुद्ध भएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष