
काठमाडौँ- गत भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा घाइते भएका सहभागीहरू आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन्।
घाइते अवस्थामै उनीहरू आफ्ना माग र पीडाबारे जानकारी गराउन वैशाखी टेकेर सिंहदरबार पुगेका हुन्।
करिब २४-२५ जनाको टोलीसहित पुगेका प्रदर्शनकारीहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी घटनापछि उपचार, न्याय र पुनःस्थापनासम्बन्धी समस्या राखेका छन्।
उनीहरूले आन्दोलनका क्रममा घाइते भएका साथीहरूको अवस्था र सरकारी बेवास्ताको विषयमा ध्यानाकर्षण गराएका छन्।
थप तस्बिरहरू:
तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी।