झापामा मतदान स्थलको अनुगमन हुने, अपायक स्थान सार्न माग

झापामा मतदान स्थलको अनुगमन हुने, अपायक स्थान सार्न माग
+
-
देशसञ्चार AI सारांश
  • झापाको निर्वाचन कार्यालयलाई राजनीतिक दल र जनप्रतिनिधिहरूले अपायक मतदान स्थलहरू पायक ठाउँमा सार्न अनुरोध गरेका छन्।
  • मेचीनगर र गौरादहका वडाहरूको मतदान स्थलहरू सरुवा गर्न विशेष गरी ध्यानाकर्षण गरिएको छ।
  • निर्वाचन अधिकारीले कार्तिक १२ देखि जिल्लाका २८५ मतदान स्थलहरूको अनुगमन थाल्ने जानकारी दिए।

झापा- आगामी निर्वाचनका लागि झापामा रहेका केही अपायक (सुविधाजनक नभएका) मतदान स्थलहरू सार्नका लागि जिल्ला निर्वाचन कार्यालयसमक्ष अनुरोध गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय, झापाको आयोजना र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू र सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल भएको थियो। उक्त छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूले जिल्लाका केही मतदान स्थलहरू सर्वसाधारणलाई पायक पर्ने स्थानमा सार्न आग्रह गरे।

उदाहरणका लागि, मेचीनगर वडा नं. १० मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीको मतदान स्थललाई वडा कार्यालयमा सार्न आग्रह गरिएको छ। त्यसैगरी, गौरादह वडा नं. ६ का केही मतदातालाई अपायक परेको भन्दै वडाध्यक्षले मतदान स्थललाई पायक पर्ने ठाउँमा सार्न माग गरेका थिए।

जनप्रतिनिधिहरूले आ-आफ्नो पालिका र वडामा रहेका मतदान स्थलहरूको अनुगमन गरिदिनसमेत अनुरोध गरे। जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले यसै कार्तिक १२ गतेदेखि जिल्लाभरका मतदान स्थलहरूको अनुगमन गर्ने कार्यक्रम रहेको जानकारी दिए। झापा जिल्लामा हाल कुल २८५ वटा मतदान स्थल रहेका छन्।

आजको छलफलमा नेपाली कांग्रेस, नेकपा एमालेसहित ११ वटा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यसैगरी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीसहित विभिन्न स्थानीय तहका वडाध्यक्षहरूको उपस्थिति पनि रहेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष