मनाइयो कुकुर तिहार

मनाइयो कुकुर तिहार
+
-
देशसञ्चार AI सारांश

  • आज घरघरमा कुकुरलाई पूजा गरी मिठाइ खुवाउने परम्परा अनुसार कुकुर तिहार मनाइयो।

  • धार्मिक विश्वासअनुसार यमराजको ढोकामा द्वारपाल कुकुरले बाटो खोल्ने भएकाले कुकुर तिहार मनाउने चलन छ।

  • आजै लक्ष्मीपूजासमेत मनाइँदैछ, जसमा देवी लक्ष्मीको आराधना गरी ऐश्वर्यको कामना गरिन्छ।

कार्तिक- नेपालीहरुको महान पर्व शुभ दीपावलीको दोस्रो दिन आज कुकुर तिहार मनाइएको छ।

आज घरघरमा धर्मराजको वाहन कुकुरलाई पूजा गरी कुकुर तिहारको अवसरमा मीठा परिकार खुवाइने परम्परा पालना गरिएको छ।

धार्मिक विश्वासअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन यमराजको ढोकामा द्वारपालको रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुलाउने भएकाले कुकुर तिहार मनाउने चलन छ। साथै, वैवश्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा पनि साथ दिएको धार्मिक विश्वास रहेको छ।

आज कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पूजा गरिएको छ। नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)ले पनि आज कुकुरको पूजाआजा सम्पन्न गरेको छ। प्रहरीले अनुसन्धानमा कुकुरको भूमिका अत्यन्त महत्वपूर्ण मान्दै विभिन्न जटिल अनुसन्धानमा कुकुरलाई समावेश गर्ने गरेको छ।

महाशाखाले कुकुरको सम्मानमा विभिन्न खेल र खानपानको व्यवस्था गरी पूजा सम्पन्न गरेको छ। कुकुरहरूले हातहतियार, विष्फोटक पदार्थ, लागुऔषध, खोजी तथा उद्धार, ट्रयाकिङलगायत अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ। नेपाल प्रहरीसँग अनुसन्धानमा सहयोग गर्ने आठ प्रजातिका कुकुरहरू रहेका छन्।

त्यस्तै, आजकै दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धापूर्वक लक्ष्मीपूजासमेत मनाइँदैछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष