
काठमाडौँ- पहिलो सगरमाथा आरोहण दलको सदस्य कान्छा शेर्पाको आज टेकु दोभानस्थित चिन्तामणी घाटमा अन्त्येष्टि गरिएको छ ।
कपनस्थित निवासमा ९२ वर्ष उमेरमा निधन भएको शेर्पाको पार्थिब शरीरमा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाउनुका साथै सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।
सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्दा उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरको उचाइमा पुगेका थिए ।
शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा रहेका थिए ।
थप तस्बिरहरू:
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।