खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास खेल्ने सात जनालाई गएराति पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूको साथबाट नगद रु एक लाख ७२ हजार ९३५ र जुवा खेल सामग्री बरामद गरिएको छ।
  • खाँदबारीबाट पटक जन्यवस्तु बिक्री वितरणको आरोपमा दुई जनालाई समेत नियन्त्रणमा लिइएको छ।

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खाँदबारी–१ बसपार्कस्थित जीतकुमार राईको होटलबाट जुवातास (कौडा) खेलिरहेको अवस्थामा गएराति सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

प्रहरीले जुवातास (कौडा) खेलाउने घर धनी सहित सात जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट नगद रु एक लाख ७२ हजार ९३५ समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए। प्रहरीले १६ वटा कौडा र चार बुङ (थान) ताससमेत बरामद गरेको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पटकासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पटक जन्यवस्तु बिक्री वितरण गरेको आरोपमा सदरमुका खाँदबारीबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका उपमहानगरपालिका–१० घर भई खाँदबारी –१ बस्ने १८ वर्षीय सुजन चौधरी र सुनसरीको कोही गाउँपालिका–३ घर भई हाल खाँदबारी–१ बस्ने ४८ वर्षीय जमाल अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मैनालीले बताए । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष