किरण बिकको अध्यक्षतामा दर्ता भयो राष्ट्रिय जेनजी पार्टी नेपाल

किरण बिकको अध्यक्षतामा दर्ता भयो राष्ट्रिय जेनजी पार्टी नेपाल
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय जेनजी पार्टी नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिदैँ युवा, संघीयता, र धर्म निरपेक्षतालाई आधार मान्ने जनाएको छ।
  • पार्टीले जेनजी आन्दोलनलाई राजनीतिक पुंजीको रुपमा विकास गरी, क्रान्तिको उपलब्धि रक्षा गर्ने उद्देश्य लिएको छ।
  • निर्वाचन आयोगले दर्ता प्रक्रिया पूर्तिका लागि कात्तिक ९ सम्म थप कागजातहरू बुझाउन आग्रह गरेको छ।

काठमाडौँ-  राष्ट्रिय जेनजी पार्टी नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

पार्टी अध्यक्षमा किरण बिक छन्।

‘जेनजी आन्दोलनलाई छिटो भन्दा छिटो एउटा राजनीतिक पुंजीको रुपमा विकास गर्न , जेनजीक्रान्तिलाई प्रतिक्रान्ति हुन् बाट बचाउन र चुनाव बाट नै राजनीति निकास खोज्न नयाँ छुटै दलको आवस्यकता परेकोले  हालै सम्पन्न जेनजी क्रान्तिको उपलब्धिलाई रक्षा गर्न ‘राष्ट्रिय जेनजी पार्टी नेपाल; गठन भएको’ पार्टीले जानकारी दिएको छ।  पार्टीको चुनाव चिन्ह डबल क्रस खुकुरी रहेको पनि अध्यक्ष बिकले जानकारी दिए।

पार्टीको विधानमा पदाधिकारीमा दुइ कार्यकाल र जुनसुकै तहको सदस्यताका लागि उमेर हदबन्दी  राखेको छ। दलले सामाजिक उदारबादलाई राजनीतिक सिद्धान्तका रूपमा अपनाएको पनि अध्यक्ष बिकले जानकारी दिए।

पार्टीले युवा, संघीयता , धर्म निरपेक्षता , समानुपातिक समावेशिता , वातावरणवाद , यौनिक अल्पसंख्यक र गणतन्त्रलाई आफ्नो आधार स्तम्भ मानेको पनि अध्यक्ष बिकले जानकारी दिए।

अध्यक्ष बिकले जेनजी आन्दोलनमा बुटवल बाट सहभागिता जनाएका थिए। युवा अभियन्ता बिक अखबारी लेखन तथा दलित आन्दोलनमा सक्रिय थिए।

फिल्ममेकिङ र कानुनमा स्नातक गरेका बिकले सहरी योजनामा स्नातकोत्तर गरेका छन्।

बिकका अनुसार आयोगले कात्तिक ९ गते नपुगेका कागजात सहित थप परामर्शका लागि उपस्थित हुन आग्रह गरेको छ।

आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर जबराले पार्टीको नाम र चुनाव चिन्हमा पुनर्विचार गर्न सुझाव दिएका छन्। पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति छ भने ५ जना पदाधिकारी छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष