
सिंहदरबारमा सोमबार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले पूर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताए।
आफूले अन्तर्वार्ता दिँदा पूर्वमन्त्री खड्का नेपालमा नरहेको उनको दाबी छ।
उनले भने, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिएँ भनेर। उहाँ कहिले जानुभएको थियो? उहाँलाई सोध्नुपर्यो नि। मैले कुन दिन बोलेको थिएँ, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो? अन्तर्वाता छापिएपछि आउनुभयो नि उहाँ त।’
गृहमन्त्री अर्यालले आइतबार सञ्चारमाध्यममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममा रहेको बताएका थिए।
सोमबार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर आफू नभागेको बताएका थिए।