
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा एमालेका अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहेको बताएका छन्।
सिंहदरबारमा सोमबार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका थिए।
गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिए। उनले पहिला केपी ओली कानूनभन्दा माथि भए पनि अब नभएको बताए।
उनले भने, ‘यो चाहिँ कानून मान्दिन भनेको हो, उहाँले। केपी ओली मात्रै कानूनभन्दा माथि बस्ने, पहिलाको चाहिँ त्यस्तो थियो। अहिले हुँदैन।’
उनले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगले भनेको बताए।