विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छः मन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छः मन्त्री पुन
+
-

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने  बताएका छन्।

मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मुल पार्नुपर्ने बताएका हुन्। त्यसको लागि सुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उनको भनाइ छ।

उनले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताए। त्यसको लागि कानून संशोधन गर्नुपर्ने उनले बताए।

तर, हाल कानून संशोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उनको भनाइ छ। यद्यपि, विश्वविद्यालय सुधारको लागि केही मस्यौदाहरु तयार गरिरहेको उनले जानकारी दिए।

उनले विश्वविद्यालयले परीक्षाफल समयमा नलिकाल्ने गुनासो आएकोले समयमा नै परीक्षाफल निकाल्न निर्देशनन दिएको पनि जानकारी दिए। समयमा नै परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोकिने उनको भनाइ छ।

उनले मन्त्रालयले विद्यालयका शिक्षकहरुले तलबभत्ता नपाएको विषयमा छानबिन गर्ने, विद्यालयका प्राध्यानाध्यापक छान्ने प्रक्रिया, पाठ्यक्रम परिमार्जनलगायतका काम अगाडि बढाएको पनि जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष