भोजु गिरीद्वारा लिखित कृति ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरू’ विमोचन

भोजु गिरीद्वारा लिखित कृति ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरू’ विमोचन
+
-
देशसञ्चार AI सारांश
  • प्युठानको स्वर्गद्वारी मन्दिरमा लेखक भोजु गिरीको ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरू’ कृति विशेष कार्यक्रमबीच विमोचन गरियो।
  • प्रमुख अतिथि स्वामी दत्तानन्द गिरीले यस कृतिले सबैले बुझ्ने भाषामा सनातनीहरूको आस्था बुझाउन मद्दत गर्ने बताए।
  • साहित्य परिषद्का गेहराज थापाले यो पुस्तकले समाजका विकृति सुधार्न र नैतिक शिक्षा पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

प्युठान- प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरू’ कृतिको विमोचन गरिएको छ।

झिमरुक गाउँपालिका- ६ दहखोला निवासी सष्टा भोजु गिरीद्वारा लेखिएको सो कृति सोमबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि स्वर्गद्वारी मन्दिर (शक्तिपीठ) का स्वामी दत्तानन्द गिरीले इतिहासको अध्ययन गर्दै लेखकले पठनीय र शिक्षाप्रद कृति तयार पारेको बताए । उनका अनुसार, सबैले बुझ्ने भाषामा लेखिएको यो कृतिले सनातनीहरूको आस्था र स्वर्गद्वारीको विविध पक्ष समेटेको छ।

संस्कृत वेद पाठशालाका प्रधानाध्यापक गुरु मधु अधिकारीले कृति समयसापेक्ष र पठनयोग्य रहेको बताउँदै यसमा समावेश ३० विषयले स्पष्ट नैतिक शिक्षाको व्याख्या गरेको उल्लेख गरे। उनले स्थानीय सरकारले यो पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न सके अझ राम्रो हुने सुझाव दिए।

साहित्य परिषद् प्युठानका पूर्वअध्यक्ष गेहराज थापाले हराउँदै गएको नैतिक शिक्षालाई पुनर्जीवित गर्ने प्रयास यो कृतिले गरेको बताए। उनका अनुसार, समाजमा फैलिएका विकृति, विसङ्गति र नकारात्मक सोचलाई स्वर्गद्वारी महाप्रभुका उपदेशले सुधार्न सक्ने विश्वास छ।

थापाका अनुसार, पुस्तकले अध्यात्मिक र भौतिक सोचबीचको सन्तुलनमार्फत स्थायी शान्ति र सामाजिक सद्भावको सन्देश दिएको छ।

कार्यक्रममा लेखक गिरीले कृति लेखनको प्रेरणा र उद्देश्यबारे जानकारी दिँदै पुस्तकले स्वर्गद्वारी महाप्रभुका विचार र ऐतिहासिक सम्बन्धका नयाँ पाटा उजागर गरेको बताए।

नेपाल पत्रकार महासंघ प्युठानका सचिव वासुदेव गिरीले लेखकको समर्पणको प्रशंसा गर्दै कृतिले शान्ति, विकास र सहकार्यको सन्देश दिएको बताए। उनले यस्तो अनुसन्धानात्मक कृतिलाई प्रोत्साहन र स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिए।

साहित्य परिषद् प्युठानकी अध्यक्ष बिमला खनालले प्युठानी साहित्यको आकाशमा नयाँ योगदान थपिएको भन्दै समाज सुधारमा साहित्यको भूमिका बलियो बनाउने कृति भएको बताइन्।

स्वर्गद्वारी मन्दिरस्थित संस्कृत वेद पाठशालाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता बिमला खनाल र प्रमुख आतिथ्य स्वामी दत्तानन्द गिरीले गरेका थिए। सहसचिव सुमन सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण धुर्व गिरीले गरे।

कार्यक्रममा पाठशालाका बटुकहरूले कविता वाचन गरेका थिए र लेखक गिरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

लेखक भोजु गिरीको यो पहिलो कृति हो। उनी लामो समयदेखि शिक्षण पेशामा संलग्न थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’