
टी-२० विश्वकप छनोटमा च्याम्पियन बनेर लिग-२ का लागि ओमानबाट युएइ फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टिमले युएइमै अहिले आफ्नो तिहार मनाइरहेको छ। खेलाडीहरुले आफू बसेको होटलमा दिप प्रज्वलन गरेर लक्ष्मीपुजाको खुसी साँटासाट गरे।
यो पटक खेलाडीहरु तिहारमा समेत व्यस्त रहँदा उनीहरुको तिहार युएइमै हुन लागेको हो। नेपालले त्रिकोणात्मक एकदिवसीय खेलमा अमेरिका, युएइ सँग प्रतिस्पर्धा गर्दै छ। नेपालले युएइमा आफ्नो पहिलो खेलमा आगामी आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्दा २६ अक्टोबरमा अमेरिकासँग खेल्ने छ। त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्ने कार्यतालिका रहेको छ।
एकदिवसीय नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा