सन्दीप जोराको जन्म दिनमा यस्तो देखियो क्रिकेट टोलीको उत्सव

सन्दीप जोराको जन्म दिनमा यस्तो देखियो क्रिकेट टोलीको उत्सव
+
-
देशसञ्चार AI सारांश
  • नेपाली टोली युएइमा अभ्यासमा व्यस्त भए पनि टी-२० विश्वकप छनोटलाई सम्झिँदै रमाइलो गर्दैछ।
  • जन्मदिनको अवसरमा सन्दीप जोरालाई नेपाल टिमका सदस्यले केक खुवाएर र शुभकामना आदानप्रदान गरेर मनाए।
  • नेपालले अमेरिकासँग २६ अक्टोबरमा र युएईसँग ३० अक्टोबरमा एकदिवसीय खेल खेल्ने तालिका छ।

विश्वकप लिग-२ का लागि युएइमा रहेको नेपाली टोली अहिले अभ्यास गरीरहेको छ। टी-२० विश्वकप छनोटमा च्याम्पियन बनेर फर्किएको टोली रमाइलो माहोलमा पनि झुमिरहेको देखिन्छ।

यस्तोमा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप जोराको जन्मदिनमा नेपाली क्रिकेट टिमका सदस्यले उनलाइ खुलेर शुभकामना दिएका छन्। तिहारको समयमा युएइमा रहेको टोलीले तिहारको समेत शुभकामना दिएका थिए। सन्दीपलाई प्रशिक्षक तथा टिमका सदस्यहरुले मंगलबार जन्म दिन मनाएका सन्दीप जोरालाई केक खुवाएर शुभकामना दिए भने उनले पनि टिम सदस्यलाई केक खुवाएका थिए।

यसअघि टिमले लक्ष्मीपूजाको खुसी समेत होटलमै दिप प्रज्वलन गरेर साँटासाट गरेका थिए। यो पटक खेलाडीहरु तिहारमा समेत व्यस्त रहँदा उनीहरुको तिहार युएइमै हुन लागेको हो।

नेपालले त्रिकोणात्मक एकदिवसीय खेलमा अमेरिका, युएइ सँग प्रतिस्पर्धा गर्दै छ। नेपालले युएइमा आफ्नो पहिलो खेलमा आगामी आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्दा २६ अक्टोबरमा अमेरिकासँग खेल्ने छ। त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्ने कार्यतालिका रहेको छ।

एकदिवसीय नेपाली टोली:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’