सुशासनको आवाजलाई सम्बोधन गर्न र निर्धारित समयमा निर्वाचन गराउन सरकार कटिबद्धः प्रधानमन्त्री कार्की

सुशासनको आवाजलाई सम्बोधन गर्न र निर्धारित समयमा निर्वाचन गराउन सरकार कटिबद्धः प्रधानमन्त्री कार्की
+
-
देशसञ्चार AI सारांश
  • प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव र सभ्यताको प्रतीक रहेको बताउँदै श्रद्धासुमन अर्पण गरिन्।
  • शंखधर साख्वाःले समाजसेवीको रुपमा नागरिकको ऋणमोचन गरेर सामाजिक न्यायको महान् कार्य गरेका उनले भनाइ गरिन्।
  • प्रधानमन्त्रीले आगामी निर्वाचनमा लोकतान्त्रिक सबलीकरण र सुशासनको लागि सरकार प्रतिबद्ध रहेको भन्दै सबैको सहयोगको अपेक्षा गरिन्।

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिँदै नेपालको मौलिक संवत् नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक रहेको बताएकी छन्।

नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःप्रति श्रद्धासुमन अर्पण गर्दै उनले साख्वाः केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भएको उल्लेख गरिन्।

आजभन्दा ११४६ वर्षअघि ऋणमा डुबेका नागरिकको ऋणमोचन गरिदिने उनको सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप नेपाल संवत्को थालनी गरिएको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले शंखधर साख्वाःबाट व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ भन्ने कुरा सिक्न सकिने बताइन्।

प्रधानमन्त्री कार्कीले २०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा ज्यान गुमाउने युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिन्।

सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको उनले बताइन्।

प्रधानमन्त्री कार्कीले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी यस सरकारले पाएको स्मरण गराउँदै लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको जानकारी दिइन्।

यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहने विश्वास पनि उनले व्यक्त गरिन्।

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’