
काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतमा हुने त्रिदेशीय मैत्रीपूर्ण खेलका लागि बुधबार विहान त्यसतर्फ प्रस्थान गरेको छ।
महिला फुटबल टिमले भारत भ्रमणका क्रममा त्रीदेशीय फुटबल प्रतियोगिता खेल्ने छ। नेपालले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिमसँग भारतको सिलोंगमा प्रतिस्पर्धा गर्दै पहिलो खेल खेल्ने छ।
त्यस्तै नेपाली टोलीले कार्तिक १० गते आयोजक भारतको राष्ट्रिय महिला फुटबल टिमसँग सिलोङमानै खेल्दा कार्तिक १३ मा मैत्रीपूर्ण खेल अन्तर्गत भारतसँगै प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ।