काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग व्यक्तिगत दुश्मनी राखेको बताएका छन्।
जेन–जी आन्दोलनका क्रममा आगजनी भएको आफ्नो घर अवलोकनका लागि बुधबार बालकोट पुगेका ओलीले गृहमन्त्रीको आफूसँग गम्भीर दुश्मनी रहेको बताएका हुन्।
उनले भने, ‘सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रीले हिजो टेलिभिजनमा दिएको अन्तर्वार्तामा बोलेको कुरामा देखिन्छ। दुःख परेकामाथि उहाँको दुश्मनी देखिन्छ। त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुश्मनी छ। सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ। जेन–जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ।’

भर्खरै
लोकप्रिय






































































































































































































